Tue. Feb 11th, 2025

एलिनाको डिभोर्सपछि रचना : दिदी मुखले मात्रै होइन, मनबाट हाँसेको हेर्ने आशा छ

काठमाडौं– अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर भएदेखि नै गायिका एलिना चौहानलाई सेलेब्रिटीले ढाडस दिइरहेका थिए । मंगलबार मात्रै पतिसँग गायिका चौहानको कानूनीरुपमै डिभोर्स भएको छ ।

यस्तोमा, उनी निकट कलाकारले यो परिस्थितीमा बलियो हुन र खुसी कायम राख्न भन्दै सान्त्वता दिइरहेका छन् । यीमध्ये एक हुन् एलिना निकट गायिका रचना रिमाल । रचना र एलिना मिल्ने साथी पनि हुन् ।

एलिनाले कानूनीरुपमै डिभोर्स भएको स्टाटस लेखेलगत्तै रचनाले पनि एलिनालाई दिदी सम्बोधन गर्दै आफू उनको साथमा रहने उल्लेख गरेकी छन् ।

रचना लेख्छिन्, ‘ दिदी अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हाँसेको हेर्न पाउँछु भन्ने ठुलो आशा छ । अरु खुसी आउँदै, जाँदै गर्छन तर मनको खुसी आफैले स्थापित गर्ने हो । म तपाईंको शुभचिन्तक हिजो पनि थिएँ । आज पनि छु र भोलि पनि रहनेछु । आई लभ यु मेरी दिदी ।’

विवाह गरेर एलिना अस्ट्रेलिया लागेपछि रचनाले नेपाल फर्किएर मिलेर काम गर्न मन छ भनेर गरेको आग्रह पनि सम्झिएकी छिन् । ‘विवाहपश्चात तपाईं अस्ट्रेलिया गएपछि अब उतै नै बस्ने अरे भन्ने सुनेपछि ‘दिदि तपाईं नेपाल नै आउनु है, यहि मिलेर काम गर्नुपर्छ भनेर मैले धेरै पटक आग्रह गरेँकी थिएँ’ रचनाले लेखेकी छिन् ।

आफूहरूको सम्बन्ध फुट ल्याउन केही व्यक्तिले खोजेको तर नसकेको समेत रचनाले लेखेकी छन् । ‘हाम्रो सम्बन्धमा फुट ल्याउन केहि सीमित व्यक्तिले नखोजेका भने होइनन । तर हामी निरन्तर हाम्रो आफ्नो कर्ममा लागि रह्यौँ, एकअर्काको दुःख सुख साटिरहयौँ’ उनले लेखेकी छन् ।

About The Author

अन्य समाचारहरु: