![](https://www.pabilnews.com/wp-content/uploads/2025/02/samsad-baithak-9-scaled-1-1024x683.jpg)
काठमाडौँ- संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
दिउँसो १ बजे बोलाइएको संसद् बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र साथै उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आजैको बैठकमा प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकका कार्यसूचीमा पनि अध्यादेश पेस गर्ने भन्ने समावेश गरिएको छैन।