Tue. Nov 26th, 2024

धादिङका ५ बालबालिकाको उद्धार

???????????????????????????????
धादिङ – कास्कीको भलाममा अवैध रुपमा संचालित बालगृहबाट उद्धार गरिएका ५ जना बालबालिकाहरुलाई सामेबार जिल्ला बाल कल्याण समिति धादिङको जिम्मा लगाइएको छ ।

उत्तरी धादिङको विकट क्षेत्र झार्लाङ र री गाउँ विकास समितिका अभिभावक नै भएका ५ जना बालबालिकाहरुलाई गत माघ ४ गते पोखराको भलाममा संचालित जायन हेभन्ली अर्फानेज होमले पालन पोषणको लागि भनेर लिएर गएको थियो । तर उक्त बालगृह न्यनतम मापदण्ड पुरा नगरी संचालन गरेको पाइएपछि गत भाद्र ११ गते जिल्ला बाल कल्याण समिति कास्कीले बालगृह बन्द गरी बालबालिकाहरुको उद्धार गरेको थियो ।

उद्धार पश्चात बालिकाहरुलाइ पोखराको शक्ति समुह र बालकहरुलाइ सिविन बाल हेल्प लाइनले आकस्मिक उद्धार केन्दमा राखेको थियो । उद्धार केन्द्रमा राखिएका बालबालिकहरुलाइ सम्वन्धित जिल्ला पठाउने क्रममा धादिङका ५ जना बालबालिकाहरुलाइ जिल्ला बाल कल्याण समितिको जिम्मा लगाइएको शक्ति समुहका परियोजना अधिकृत प्रकाशचन्द्र त्रिपाठीले बताए ।

उद्धार गरिएका बालबालिकाहरुमा झार्लाङ गाउँ विकास समिति वडा नं ५ का ७ वर्षिय प्रेरणा तामाङ, ८ वर्षिय एलिसा तामाङ, झार्लाङ ४ की ६ वर्षिय करुणा तामाङ, झार्लाङ ९ की ६ वर्षिय रोजिना तामाङ र री ५ का १२ वर्षिय रमेश कुमार तामाङ रहेका छन् । उनीहरुलाइ अहिले जिल्ला बालकल्याण समितिले संचालन गरेको ट्रान्जिट होममा राखिएको छ भने प्रक्रिया पु¥याएर अभिभावकहरुको जिम्मा लगाइने जिल्ला बाल कल्याण समिति धादिङले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: