![](https://www.pabilnews.com/wp-content/uploads/2025/02/prachanda-yogesh-1024x512.png)
काठमाडौं । संविधान खारेज गर्ने पक्षमा केपी ओली रहेको भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई नेकपा एमालेका सचिव योगेश भट्टराईले जवाफ फर्काएका छन् ।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले संविधान बनाउने पार्टी भएकाले सुदृढ गर्ने पक्षमा रहेको बताए ।
सोमबार जनकपुर पुगेर प्रचण्डले मुलुकमा प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको आरोप लगाएका थिए ।
त्यसको जवाफ दिँदै भट्टराईले भने, ‘एमाले र कांग्रेस संविधान खारेज वा च्यात्ने नभई संरक्षण पर्ने पक्षमा छन् । हामी सबै दलको समर्थन जुटाएर २०८४ को निर्वाचनअघि नै संशोधन गर्छौँ । अहिले आन्तरिक गृहकार्य सुरु भइसकेको छ ।’
एमाले सचिवसमेत रहेका सांसद भट्टराईले नेपालमा अब कुनै विद्रोह नचाहिने पनि बताए ।
उनले भने, ‘नेपालका अब कुनै विद्रोह आवश्यक छैन । अब क्रान्ति गर्छु, विद्रोह गर्छु, आन्दोलनमा जान्छु भन्ने कुरा इमोशनल ब्ल्याकमेलिङ हो, त्यसको कुनै अर्थ छैन ।’