धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेस्थित बाझो बारीमा शिशुको शव भेटिएको छ ।
ससाह खोलाबाट ज्यामिरे आउजाउ गर्ने ठाडोबाटोको छेउमा रहेको केराको फेदमा रगतजन्य प्लाष्टिक र त्यसको केही माथी बारीको पाटामा शव भेटिएको हो । सोमबार विहान कागले लुछिरहेको अवस्थामा बाटो हिड्ने स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा अहिले प्रहरीले शिल गरेको छ । घटनास्थलमा पुगेका प्रहरी अधिकृतका अनुसार शिशुको शव प्लाष्टिकको झोलामा हालेर फालेको र जनावरले घिसारेर बारीको पाटामा पु¥याएको देखिन्छ ।
अहिले घटनास्थलको अनुसन्धान गरी शव उठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी सुवास हमालले जानकारी दिए । शिशुको शव अन्दाजी तीन किलोको छ ।