Sun. Feb 9th, 2025

६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स

काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार पुस महिनामा मात्रै १ खर्ब २३ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । जुन मंसिर महिनाको तुलनामा ५ अर्बले धेरै हो । गत मंसिरमा १ खर्ब १८ अर्ब रेमिटेन्स भित्रिएको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।

About The Author

अन्य समाचारहरु: