Mon. Mar 3rd, 2025

अझै भेटिएनन् निर्माणाधीन पुलबाट भेरीमा खसेका कामदार

सुर्खेतमा निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर बेपत्ता भएका दुई जना कामदार अहिलेसम्म फेला परेका छैनन्।

बुधबार बिहान निर्माणाधीन पुलको लट्ठा बाँध्ने क्रममा रुकुम पूर्वका दुई जना कामदार भेरी नदीमा खसेर बेपत्ता भएका थिए।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र अर्जुन झाँक्री मगर भेरी नदीमा खसेर बेपत्ता भएका हुन्।

सुर्खेतको भेरी नदी वारिपारिका गाउँहरु बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलबाट उनीहरु खसेका थिए।

घटनाको केही समयपछि गएको सशस्त्रको गोताखोर टोलीले अबेरसम्म खोज्दा पनि फेला पार्न सकेको थिएन। बिहिबार बिहान पुनः गोताखोर टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

About The Author

अन्य समाचारहरु: