Wed. Mar 12th, 2025

गल्छि-त्रिशुली सडकमा मोटरसाइकल जोगाउन खोज्दा बस दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा ३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ५८ प २८०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार बेलकोटगढी नगरपालिका–७ बस्ने २२ वर्षीय जीवन राई मृत्यु भएको छ । उनलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

बसमा सवार १८ जना र मोटरसाइकलमा सवार १ जना घाइते भएका छन् ।

About The Author

अन्य समाचारहरु: