
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले दर्ताका लाग आह्वान गरिएका सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता नभए प्रतिबन्ध लगाइने बताएका छन्।
मंगलबार नेपाल टेलिकमको वार्षिकोत्सव समारोहमा सञ्चारमन्त्री गुरूङले टिकटकबाहेक अरू सामाजिक सञ्जाल दर्ता गर्न नआएको बताउँदै दर्ता नभए प्रतिबन्ध गरिने बताएका हुन्।
मन्त्री गुरूङले त्यस्ता सामाजिक सञ्जालहरूलाई नेपालमा पैसा कमाउने अवसर दिँदा उनीहरूले पनि नेपाललाई केही न केही सहयोग गर्नुपर्ने बताए।
‘उनले त्यस ढंगले अगाडि बढ्ने गरी आइटी, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौता तयार भइसकेको र चालु अधिवेशनमै पेस हुने बताए।