Wed. Mar 12th, 2025

सहारा सहकारीको रकम हिनामिनाको बयानका लागि चितवन पुगे रवि

चितवन । चितवनस्थित सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् ।

रास्वपा जिल्ला सभापति कृष्ण भुसालका अनुसार रवि गएराति नै स्थलमार्ग हुँदै चितवन पुगेका हुन् । उनी चितवन आइपुगे पनि आजै बयानका लागि उपस्थित हुने वा नहुने टुंगो भने भएको छैन ।

पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।

About The Author

अन्य समाचारहरु: