
धादिङ । वसन्तपञ्चमीको अवसरमा गल्छी गाउँपलिका–६ मा रहेको सक्सेस एकेडेमीको १४औँ वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण, सम्मान र साँस्कृतिक झाँकीहरु प्रस्तुत गरि मनाएको छ ।
सक्सेस एकेडेमीले कक्षा नर्सरी देखि कक्षा १२ सम्म अध्ययन गरी वार्षिक परिक्षामा प्रथम, द्धितिय, तृतिय हुने विद्यार्थीहरुलाई समान गरेको प्रबन्ध निर्देशक रामचन्द्र अर्यालले जानकारी दिए ।
एकेडेमीले बद्री बहादुर काकर्की नाममा स्थापना गरिएको बद्री बहादुर कार्की स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार २०८० बाट विद्यार्थी निष्मा घिमिरेलाई प्रदान गरिएको छ । त्यसै गरी लोकबहादुर कार्कीको नाममा स्थापना गरिएको लोक बहादुर कार्की स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार २०८० बाट विद्यार्थी प्रनिशा खड्कालाई प्रदान गरेकोे छ । त्यसै गरी लेखनाथ अधिकारीको नाममा स्थापना गरिएको लेखनाथ अधिकारी स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार २०८० बाट र युनिका रुपाखेतीलाई प्रदान गरिएको छ ।
लक्ष्मीप्रसाद अधिकारीको नाममा स्थापना गरिएको लक्ष्मीप्रसाद अधिकारी–स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार २०८० निष्मा घिमिरेलाई प्रदान गरिएको छ । त्यसै गरी कार्यक्रममा बीचमा पूर्व विद्यार्थी तीन जनालाई सम्मान गरिएको छ । एकेडेमीले नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीलाई सम्मान गरेको छ ।
एकेडेमी व्यवस्थापन समितिले २०६८ सालबाट हालसम्म अध्यायपन गराउँदै आएका शिक्षक, शिक्षिकालाई सम्मान गरेको प्रिन्सिपल जगत प्रसाद रिजालले बताए । कार्यक्रमा सक्सेस एकेडेमीका नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न किसिमका सांस्कृतिक झाँकी तथा साँस्कृतिक प्रस्तुती देखाएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद अधिकारीको अध्यक्षता भएको अभिभावक भेलामा गल्छी गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारी, शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय धादिङका प्रमुख भूमिलाल शर्मा सुवेदी, प्याब्सनका केन्द्रीय सचिव तथा एडमार्क एकेडेमी कलेज तथा विज्डम एकेडेमीका अध्यक्ष पुरुषोत्तम अधिकारी, गल्छी गाउँपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कार्की, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, अभिभावक, शिक्षक, शिक्षिका, विद्यार्थी, लगायतको उपस्थिति रहेको थियो ।