Wed. Feb 5th, 2025

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका तीन वटा समितिको बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित माननीय मन्त्रीहरूसँग छलफल हुनेछ । साढे १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूची छ ।

त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: