Wed. Mar 12th, 2025

प्रचण्ड भन्छन्- ‘माओवादी केन्द्रप्रति नागरिकमा ठूलो भरोसा बढेको छ’

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली नागरिकमा राजनीतिक चेतना बढ्दै गएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) चितवनले आज आयोजना गरेको पार्टी प्रवेश एवम् प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले देशभरि नागरिकको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाइएको बताए ।
उिनले भने , ‘माओवादी केन्द्रप्रति नागरिकमा ठूलो भरोसा बढेको छ ।’ अहिले पार्टीका वर्गीय सङ्गठनलाई बलियो बनाउनतर्फ आफू लागेको प्रचण्डको भनाइ छ ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष गङ्गा लामा, केन्द्रीय सल्लाहकार अरुणपीडित भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य कृष्णराज न्यौपानेसहितका नेता कार्यक्रकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।

About The Author

अन्य समाचारहरु: