Wed. Mar 12th, 2025

तराईमा हुस्सु र कुहिरो : पहाडमा आंशिक बदली

काठमाण्डौ – तराई र उपत्यकाका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ । पहाडी भेगमा भने आंशिक बदली भएको छ ।

काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा केही दिनदेखि निरन्तर बदली भइरहेको छ । आंशिक बदली भएका कारण बिहान र बेलुका चिसो कायमै छ ।

यस्तै पूर्वी र मध्य तराईका धेरै ठाउँमा दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्ने गरेको छ । अबको तीन दिन देशका कुनै पनि ठाउँमा वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: