
युक्रेनको पूर्वी सहर सुमीमा सोभियतकालीन आवासीय ब्लकमा युक्रेनका विभिन्न सहरलाई लक्षित गरी गरिएको रुसी ड्रोनले लाग्दा कम्तीमा चारजनाको मृत्यु भएको युक्रेनी गृह मन्त्रालयले जनाएको छ ।
रूसले सन् २०२२ को सुरुमा युक्रेनमा आक्रमण गरेयता दैनिकजसो दर्जनौँ ड्रोन वा क्षेप्यास्त्रले युक्रेनी भूगोलमा गाउँ र सहरमा रहेका वस्तीका साथै महत्त्वपूर्ण भौतिक संरचनालाई लक्षित गर्दै आएको छ ।
आपतकालीन सेवाहरूले वितरण गरेको तस्बिरमा भवनको छेउमा एउटा प्वाल परेको र उद्धारकर्मीहरूले जीवित व्यक्तिहरूको खोजी गर्दै भवनको भग्नावशेष खनेको देखाइएको छ ।