धादिङ । धादिङबेसीको खुल्ला मञ्चमा जारी ‘धादिङ लोक साँस्कृतिक महोत्सव’ र तामाङ समुदायको ‘सोनामल्होसार’को कार्यक्रम एउटै मञ्चबाट संचालन गरिने भएको छ ।
ल्होसार र महोत्सव मुल आयोजक समितिबीच आपसी समजदारीपछि महोत्सवकै मञ्चबाट सोनामल्होसारको कार्यक्रम गर्न लागिएको हो ।
सोनामल्होसार लोक सँस्कृतिकै महत्वपूर्ण हिस्सा र जातिय पर्व भएकाले तामाङ समुदायको सँस्कृतिलाई सम्मान गर्दै साँस्कृतिक कार्यक्रमको सम्पुर्ण कार्यक्रम तामाङ समुदायलाई नै समर्पित गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले जानकारी दिए ।
ल्होसारको दिन आज महोत्सव स्थल प्रवेशका लागि निशुल्क गराइएको छ । महोत्सवको रेगुलर सेडुललाई स्थगित गरेर आज साँस्कृतिक कार्यक्रमको सम्पुर्ण कार्यक्रम तामाङ समुदायप्रति समर्पित हुनेछ ।