
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नयाँ वर्ष २०२५ का उपलक्ष्यमा राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनतामा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपतिप्रति शुभकामना व्यक्त गरेका हुन् ।
शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बौद्धिकता, सबलता र पुनरारम्भको प्रतीक मानिने सर्प वर्षले नेपाल र चीनबीचको दिगो मैत्रीलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । साथै, उनले साझा प्रगति, समृद्धि, सद्भाव र सहयोगका लागि नयाँ वर्षले प्रेरित गर्ने एक्समा उल्लेख गरेका छन् ।