Thu. Jan 30th, 2025

भारतमा महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु

भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ।

उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा मंगलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 मंगलबारदेखि सुरू भएको शाही स्नानका लागि  हजारौं मानिसहरू त्रिवेणी संगममा उपस्थित भएका थिए। बुधबार बिहानै मौनी अमावस्याको अवसरमा गंगा स्नान गर्नका लागि मंगलबार राति नै मानिसहरूको भिड लागेको थियो।

त्यसक्रममा भागदौड मच्चिँदा मानिसहरूको मृत्यु भएको भारतीय अखबर द हिन्दुस्तान टाइम्सले जनाएको छ।

About The Author

अन्य समाचारहरु: