धादिङ । धादिङ लोक सास्कृतिक महोत्सवको आज छैटौं दिन । सदाझै आज पनि राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती धमाकेदार हुँदैछ ।
धादिङ जिल्ला अन्तरपालिका लोक दोहोरी प्रतियोगिताका प्रतियोगी कलाकारहरुको प्रतिभा पनि हेर्न र सुन्न पाइनेछ ।
माघ १० गतेदेखि धादिङबेसीमा जारी महोत्सवको छैटौं दिन आज बहुचर्चित गायक कुलेन्द्र विश्वकर्मा मुख्य आकर्षण हो । साथ दिपक खड्का, शिशिर देवकोटा, राजन परियार, शिला गुरुङ, सरु थापा, कमला थापा र प्रकाश विनायकको प्रस्तुति पनि जोडतोडको हुनेछ ।
माघ १० गतेबाट सुरु भएको धादिङ लोक सास्कृतिक महोत्सव माघ २० गतेसम्म संचालन हुनेछ ।