
काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा देशभरको मौसम मुख्यतया सफा रहने भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै भूभागमा हुस्सु र कुहिरो रहेको छ ।
तराई क्षेत्र तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।
विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ । बाँकी प्रदेशका अन्य भूभागमा मौसम सफा रहनेछ ।