धादिङ । ‘धादिङ लोक सास्कृतिक महोत्सव तथा धादिङ जिल्ला अन्तरपालिका लोक दोहोरी प्रतियोगिता २०८१’ संचालन भईरहेको छ ।
माघ १० गतेदेखि धादिङबेसीमा महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुले कला प्रस्तुत गरिरहेका छन् ।
आज माघ १४ गते (सोमबार) बहुचर्चित गायक खुमन अधिकारी र डान्सर ऋतु तामाङसहितका कलाकारहरूले कला प्रस्तुत गर्नेछन् । साथमा सीताराम परियार, प्रदिप वराईली, प्रकाश विनायक, प्रतिमा अर्याल, कमला थापा गैरेकाे प्रस्तुति रहने छ ।
साथै अन्तरपालिका लोकदोहोरी प्रतियोगिता र स्थानिय प्रतिभाहरुको बिशेष प्रस्तुति रहनेछ । माघ १० गतेबाट सुरु भएको धादिङ लोक सास्कृतिक महोत्सव माघ २० गतेसम्म संचालन हुनेछ ।