Mon. Jan 27th, 2025

चलचित्र ‘एक्टर टेक वन’: नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकैदिन

काठमाडौं– प्रदीप खड्का स्टारर कथानक फिल्म ‘एक्टर : टेक वन’ नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एउटै मितिमा प्रदर्शनमा आउने भएको छ । १६ माघमा यो फिल्म स्वदेशसहित डायस्पोरामा पनि रिलिज हुने जनाइएको छ ।

नेपाली समुदायको बाक्लो बसोबास रहेका मुलुकमा फिल्म रिलिज हुने निर्माताले जनाएका छन् । जसअनुसार, अन्तर्राष्ट्रिय वितरण अधिकार धमाधम विक्री भैरहेको जनाइएको छ ।

अमेरिकाको वितरण अधिकार लिभेन्ट्स स्टुडियो र प्रोजेक्ट ऊर्जा, क्यानडाको अधिकार अस्त्र इभेन्ट्सले लिएको छ । युरोपमा क्या दामी इभेन्ट्स नामक कम्पनीले आइ पोपर्ससँगको सहकार्यमा रिलिज गर्दैछ । अस्ट्रेलिया र न्यूजिल्यान्डमा गिरीश इभेन्ट एन्ड इन्टरटेनमेन्ट र इस्सा भाइव इभेन्टले रिलिज गर्दैछन् ।

जापानमा सचिन आचार्यले विभिन्न कम्पनीसँगको सहकार्यमा रिलिज गर्दैछन् । जापान र उत्तर अमेरिका रिलिजको लागि अभिनेता खड्का आफैँ त्यसतर्फ जाने भएका छन् । नेपाल रिलिजपछि उनी त्यसतर्फ लाग्नेछन् । मध्यपूर्वका देशमा पनि रिलिजको तयारीको अन्तिम चरणमा रहेको निर्माता थमन भण्डारीले बताए ।

राजन भुसाल निर्देशित फिल्ममा आना शर्मा, दिब्या रायमाझी, राजबल्लभ कोइराला, दिव्यदेव पन्त, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलाको पनि अभिनय छ । पटकथा आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको फिल्ममा क्रियटिभ प्रोड्युसर मोती कार्की र सहनिर्माता अनिश भुसाल छन् ।

About The Author

अन्य समाचारहरु: