Sun. Mar 9th, 2025

मङ्सिरसम्म भूकम्पपीडितलाई यथास्थानमा बस्न आग्रह

Rasuwa-View-300x183
२८ भदौ, धुन्चे – भूकम्पपछि गाउँ छोडी अन्यत्र बसेका रसुवाका विस्थापित परिवारलाई मङ्सिरसम्म यथास्थान नछाड्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार पुनर्वासको खाका नआउन्जेल मङ्सिरसम्म हाल बसिरहेकै स्थान नछोड्न विस्थापित सबैसँग आग्रह गरिएको हो ।

भूकम्प पछि हाकु क्षेत्रका ७५१ घर परिवार विस्थापित हुन पुगेको र ती विस्थापितहरु धुन्चे, धैबुङको कालीका स्थान र बेत्रावती जिल्लाको क्षेत्रमा टहरा बनाई अस्थायी बसोबास गरिरहेको हाकु गाविसले जनाएको छ ।

एन्टोना फाउन्डेसनले आइतबार सम्पन्न गरेको टड्कारो समस्या र राहत वितरणको प्रणाली विषयक अन्तरक्रियामा विस्थापित परिवारले टहरोभित्रको बसाइँ असहज भएको र वर्षायाम पनि सकिन लागेकाले परिस्थिति क्रमश सहज हुन गएका कारण आवास पुनःनिर्माण गरी आफ्नो थातथलोमा बस्न जान पाउनु पर्ने धारणा राखेका थिए । रासस

About The Author

अन्य समाचारहरु: