Tue. Mar 4th, 2025

संविधानका तीन वटा धारा पारित

sambidhan6

२८ भदौ, काठमाडौँ -संविधानसभाले आज पारित गरेका तीन वटा धारामा संविधान मूल कानुन, सार्वभौमसत्ता र राजकीय सत्ता र राष्ट्रको परिभाषा समेटिएको छ । संविधानसभामा हाल कायम रहेका सदस्य सङ्ख्याको दुईतिहाई मतले धारा १, २ लाई दुई तिहाइले पारित गरेको थियो ।

क्बmदष्मजबलधारा ३ लाई नेपाली कांग्रेस, नेकपा ९एमाले०, एकीकृत नेकपा ९माओवादी०का प्रमुख सचेतकले संयुक्तरुपमा दर्ता गराउनुभएको संयुक्त संशोधन प्रस्तावलाई पनि संविधानको अङ्ग मान्दै पारित गरेको थियो ।सो धारामा तीन दलको तर्फबाट राष्ट्रको परिभाषामा रहेको ‘अखण्डता’ भन्ने शब्दको सट्टा ‘भौगोलिक अखण्डता’ भन्ने शब्द थप गरिएको प्रस्ताव उल्लेख थियो ।

संविधानको पहिलो धारामा ‘यो संविधान नेपालको मूल कानुन हो । यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ । यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ’ भन्ने उल्लेख गरिएको छ । यस्तै, धारा दुईमा ‘नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेकोछ । यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

यस्तै, धारा ३ मा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्था समेटिएको छ । रासस

About The Author

अन्य समाचारहरु: