Wed. Feb 26th, 2025

बङ्गलादेशलाई हराउँदै नेपाली पुरुष टोली खो–खो विश्वकपको सेमिफाइनलमा

काठमाण्डौ – बङ्गलादेशलाई हराउँदै नेपाली पुरुष टोली खो–खो विश्वकपको सेमिफाइनलमा पुगेको छ । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा आज भएको क्वाटरफाइनलमा नेपालले बङ्गलादेशलाई ६७–१८ ले हरायो ।

नेपाल समूह चरणमा दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको हो । नेपाली पुरुष टोलीले समूह चरणको पहिलो खेलमा भारतसँग हारे पनि दोस्रो खेलमा पेरु, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो ।

यस्तै आजै भएको खो–खो विश्वकपको महिलातर्फ इरानलाई हराउँदै नेपाली टोली सेमिफाइनलमा पुगेको छ । प्रतियोगितामा भोलि सेमिफाइनलका खेल हुनेछन् भने पर्सि आइतवार फाइनल हुनेछ ।

About The Author

अन्य समाचारहरु: