
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भएको छ । सुदूरपश्चिमका केही ठाउँमा बिहानैदेखि वर्षा र हिमपात शुरू भएको छ ।
आज गण्डकी प्रदेशदेखि पश्चिमी भेगमा वर्षा तथा सबै हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार वर्षा र हिमपातको प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी पर्नेछ । मध्य र पूर्वी भेगका एक, दुई ठाउँमा हिमपातको सम्भावना रहे पनि पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् अधिकारीले जानकारी दिए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिसम्म कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।आज दिनभर बदली हुने र रातिदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।