Wed. Jan 15th, 2025

एआईको मद्दतमा नेपाली युवाले बनाए ‘महाभारत’को ट्रेलर

काठमाडौं -कृत्रिम बौद्धिकता (एआई) टुलको प्रयोग गरेर एक नेपाली युवाले ‘महाभारत’को आकर्षक ट्रेलर बनाएका छन् । उनको यो प्रयत्नले सामाजिक संजालमा चर्चा बटुलिरहेको छ ।

२ मिनेट रनटाइमको ट्रेलर व्यवसायिक ट्रेलर सम्पादकले बनाएको भन्दा कम छैन । नेपाली युवा मौसम पुरीले बनाएको महाभारतको ट्रेलरलाई यतिबेला सामाजिक संजालमा ब्यापक सेयर गरिएको छ ।

झण्डै ३० घण्टा र ३०० अमेरिकी डलर खर्च गरेर पुरीले बनाएको ट्रेलरको यतिबेला चर्चा छ । उनले महाभारतको कुरुक्षेत्रको लडाइदेखि महत्वपूर्ण घटनाक्रमलाई ट्रेलरमा समेटेका छन् ।

ट्रेलर बनाउन उनले प्रिमियम एआई टुल मिडजर्नी, क्लिङ एआई र फ्लक्स एआई प्रयोग गरेका छन् । स्क्रिप्ट लेख्न उनले च्याटजिपिटको पनि प्रयोग गरेका छन् । मिनिम्याक्स र क्लिङ टूलमार्फत भ्वाइसओभरमा समेत काम गर्ने उनको योजना छ ।

About The Author

अन्य समाचारहरु: