
काठमाडौं– एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।
एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित, १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
