धादिङ । मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) धादिङको अध्यक्षमा गिता खनाल सर्वसम्मत निर्वाचित भएकी छन् ।
धादिङबेसीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले खनाललाई जिल्ला अध्यक्षमा निर्वाचित गर्दै मानवअधिकार र सामाजिक न्यायका लागि काम गर्न पहिलो पटक महिलालाई अध्यक्ष निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा धर्मराज सिलवाल, बिमला गिरी, सचिवमा जिवन सिलवाल, सहसचिवमा , कोषाध्यक्षमा कविता यस्माली मगर, निर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमा नवराध धिताल, रञ्जीता रेग्मी, विश्व प्रजा, र अच्युत खतिवडालाई निर्वाचित गरेको छ ।
अधिवेशनको मानवअधिकार एलाएन्स केन्द्रीय सदस्य गुणराज खतिवडाले उद्घाटन गर्दै समाजिक न्याय र मानवअधिकारका लागि पैरवी र प्रवर्धन गर्नुपर्ने बताए । अधिवेशनलाई नेकपा एमाले बागमति प्रदेश सदस्य खिलकुमारी तिवारी, मानवअधिकार एलाएन्स बागमति प्रदेश अध्यक्ष श्यामचन्द्र श्रेष्ठ नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, लगायतले शुुभकामना व्यक्त गरेका थिए ।