बुल्गेरियाका पूर्वप्रधानमन्त्री किरिल पेटकोभमाथि शुक्रबार आफ्ना पूर्ववर्ती र उनका दुई नजिकका सहयोगीलाई मध्यरातमा पक्राउ गर्न आदेश दिएको आरोपमा शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ ।
तीन पटकका प्रधानमन्त्री बोयको बोरिसोभ, उनका पूर्वअर्थमन्त्री र प्रेस सेवा प्रमुखलाई सन् २०२२ मार्चमा कथित जबरजस्ती असुली र युरोपेली सङ्घ (इयु) कोषको सम्भावित दुरुपयोगको अनुसन्धानका क्रममा हिरासतमा लिइएको थियो ।
अभियोजकहरूले पुलिसको अनुसन्धानमा प्रक्रियागत त्रुटिहरू र उनीहरूलाई अभियोग लगाउन प्रमाणको अभाव फेला पारेपछि उनीहरु तीनै जनालाई एक दिनपछि बिना आरोप रिहा गरिएको थियो ।
पेटकोभलाई शुक्रबार सोफियामा सोधपुछका लागि बोलाइएको थियो र उनले कुनै गलत काम नगरेको बताए । सोफियाको अभियोजक कार्यालयबाट बाहिर निस्कँदै उहाँले पत्रकारहरूलाई भने, ‘मलाई अभियोग लगाइएको छ ।’अभियोजक एन्जेल कानेभले सुधारवादी पिपी पार्टीका सह–नेता पेटकोभले सन् २०२२ मा प्रधानमन्त्रीका रूपमा आफ्नो अधिकारलाई उल्लङ्घन गरेको र ‘कानूनी आधार बिना नै केही व्यक्तिलाई पक्राउ गर्ने आदेश दिनुभएको’ बताए ।
पेटकोभले ‘प्रहरी अधिकारीहरूलाई अदालतको अनुमति बिना कानून विपरीत, दिनको अँध्यारोमा खोजी गर्न आदेश दिनुभएको’ पनि कानेभले बताए ।
कन्जर्भेटिभ जिइआरबी पार्टीका नेता बोरिसोभले कुनै पनि गल्ती अस्वीकार गरेका छन् । उनले पेटकोभमाथि आफूलाई अपमानित गर्न र आफ्नो भ्रष्टाचार विरोधी मन्त्रिमण्डललाई बढावा दिने प्रयासको एक हिस्साका रूपमा गिरफ्तारीको आदेश दिएको बारम्बार आरोप लगाएका छन् ।
सन् २००७ मा युरोपेली सङ्घ (इयु) मा सामेल भएको बुल्गेरिया ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकाङ्कअनुसार ब्लकको सबैभन्दा भ्रष्टाचारग्रस्त सदस्य राष्ट्रहरू मध्ये एक बनेको छ ।
लगभग एक दशक सत्तामा रहेपछि सन् २०२० मा व्यापक भ्रष्टाचार विरोधी सडक प्रदर्शनले बोरिसोभलाई अपदस्थ गरेको थियो ।तर पेटकोभको नेतृत्वमा रहेको महत्त्वाकांक्षी भ्रष्टाचार विरोधी मन्त्रिपरिषद्ले गठबन्धनको साझेदार गुमायो र बोरिसोभको जिइआरबी पार्टीले सात महिना सत्तामा रहेपछि अविश्वास प्रस्ताव पेस गरेपछि पतन भयो ।
सन् २०२१ देखि बुल्गेरिया साम्यवादको अन्त्यपछिको सबैभन्दा गहिरो राजनीतिक सङ्कटमा फसेको छ । त्यहाँ स्थिर सरकार गठन गर्न नसकी लगातार सात पटक आम निर्वाचन भइसकेको छ ।