फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शुक्रबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज पनि काउली, फर्सी, गोलभेँडा, मुलासहित धेरैजसो तरकारीको मूल्य अन्य तरकारीको दाँजोमा कम छ।
कालीमाटीमा आज सानो लोकल गोलभेँडा २२, भारतीय सानो गोलभेँडा ३२, रातो आलु ४२, भारतीय रातो आलु ३८, सुकेको भारतीय प्याज ६७, तराईको बन्दा १७, स्थानीय काउली १३, तराईको काउली १७, मुला २५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरी लाम्चो भन्टा ३७, हरियो फर्सी १७, रायोको साग १५, डल्ले च्याउ ३२६, ब्रोकाउली ३५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो लोकल गोलभेँडा २५, लोकल बन्दा २२, तराईको बन्दा १७, स्थानीय काउली १५, तराईको काउली १२ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरी सेतो मुला २२, लाम्चो भन्टा ३२, पाकेको फर्सी ४५, हरियो फर्सी १५, स्कुस ३२, रायोको साग १५, कन्य च्याउ ७०, डल्ले च्याउ ३१६, ब्रोकाउली ४५ रुपैयाँ प्रतिकिलो थियो।