Tue. Jan 7th, 2025

धराने मेयरको आक्रोश: ‘बदमासहरु, अब खतरा उत्तर लेख्छु, पख् !’

धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङ राईले ‘थोत्रे गाग्री’ खानेपानी आन्दोलनको घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जालमा आगामी माघ ६ गतेदेखि उक्त आन्दोलन थालिने जानकारी दिएका हुन् ।

धरानको खानेपानी समस्याबारे संघीय सरकारलाई साढे दुई वर्षदेखि जानकारी गराउँदा पनि कुनै सम्बोधन नभएको उनको भनाई छ । ‘दुई वर्ष छ महिना कुरियो, अब आन्दोलन थोत्रे गाग्री सुरु हुनेछ’ उनले लेखेका छन्, ‘धरानले जनताले मलाई त्यसै नगर प्रमुख बनाएका होइनन्, म उनीहरुको लागि जे पनि गर्न तयार छु ।’

मेयर राईले माघ ६ गते भानुचोकमा उपस्थित हुन स्थानीयलाई आग्रह गरेका छन् । माघ ८ गते काठमाडौँ आएर मन्त्रालय छिर्ने उनको योजना छ । आन्दोलनबारे विस्तृत जानकारी दिँदै थपेका छन्, ‘आन्दोलन थोत्रे गाग्री माघ ६ गतेदेखि सुरु हुनेछ ।

राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि चुनौती दिएका छन् । धरानको श्रम संस्कृति पार्क, सुम्निमा पारुहाङ र कोकाहा खानेपानीको विषयलाई लिएर राईविरुद्ध आयोगमा उजुरी परेको थियो । सोही प्रसंगमा भनेका छन्, ‘अख्तियारमा उजुरी परेछ । विकास किन गरेको रु श्रमदान किन गरेको ? भन्ने रैछ । बदमासहरु, अब उत्तर खतरा लेख्नेछु, पख् !’

About The Author

अन्य समाचारहरु: