
काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानका भित्ता रंगाउने कार्य जारी राखेको छ । महानगरले आकर्षक रैथाने कला संस्कृति झल्काउने चित्र कोरेर रंगाउने कार्य जारी राखेको हो ।

महानगरका अनुसार कला संस्कृतिको झल्को दिनेगरी कलात्मक चित्र कोर्ने काम भइरहेको हो । चित्रकलाबाट शहरको सुन्दरता अभिवृद्धि हुने महानगरको दाबी छ । महानगरले ललित कला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरी सार्वजनिक पर्खालका भित्ता रंगाइरहेको हो ।

