Thu. Feb 27th, 2025

 स्रोत परिचालन सहकारीको अध्यक्षमा प्रदिप अधिकारी

pradeep adhikari
धादिङ – स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा प्रदिप अधिकारी निर्वाचित भएका छन् ।

संस्थाको शनिबार भएको १८ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । संस्थाको पुरुष उपाध्यक्षमा नारायणकुृमार श्रेष्ठ, महिला उपाध्यक्षमा अम्बिाका अधिकारी, सचिवमा कविता थापा, कोषाध्यक्षमा रुद्र बहादुर खत्री, सहसचिवमा रामहरी अधिकारी अधिकारी रहेका छन् ।

त्यस्तै बालकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरिएको छ । समितिको सदस्यहरुमा मदन श्रेष्ठ र सोमनाथ नेपाल रहेका छन् ।

संस्थाको गत आर्थिक वर्षमा शेयर पूँजी रु ६९ लाख २९ हजार ६ सय भएकोमा आव. २०७१÷२०७२ मा रु ३१ लाख ४८ हजारमा वृद्धि भई कुल १ करोड ७७ हजार ६ सय पुगेको छ ।

१ हजार ३ सय ३५ जना शेयर सदस्य र ४ सय २ जना बालबचत कर्ता भएको संस्थाको कुल आम्दानी १ करोड २५ लाख ६९ हजार २ सय २४ रहेको छ । त्यस्तै कुल खर्च १ करोड ३ लाख १९ हजार ४ सय ७३ र कुल बचत २२ लाख ४९ हजार २ सय ५७ रहेकोमा १७ लाख ९९ हजार ७ सय नाफा हुन पुगेको छ ।

About The Author

अन्य समाचारहरु: