काठमाडौं– बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजा केही दिन नेपालमा रहे । अंग्रेजी नयाँवर्ष २०२५ मनाउन काठमाडौं आएका उनले पारिवारिक भ्रमण गरे । जनवरी १ मा पत्नी आहुजाले पशुपतिनाथको दर्शन गरिन् ।
नयाँवर्ष मनाएर गोविन्दासहित उनको परिवार शनिबार भारत फर्किएको छ । स्वदेश फर्किने क्रममा अपरान्ह काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई फ्यानले घेरे र फोटो खिचाए ।
सोही क्रममा उनको भेट अभिनेता किरण केसीसँग पनि भयो । केसी र गोविन्दाबीच केहीबेर कुराकानी भयो । केसीले आफ्नो परिचय दिए भने गोविन्दाले पनि नेपाल आफ्नो सासुआमाको घर रहेको र यसमा आफूले गर्व गर्ने बताए । पत्नी सुनितालाई लिएर गोविन्दा बेला बेलामा नेपाल आउँछन् ।
ससुराली पनि काठमाडौंमा भएकाले उनी बेला बेलामा पारिवारिक भेटघाटका लागि आइरहन्छन् । गोविन्दा नयाँवर्ष २०२५ बाट बलिउड फर्किने तयारीमा छन् ।