Tue. Jan 7th, 2025

रक्सीको बोतलमा क्यान्सरको चेतावनी राख्न अमेरिकाका वरिष्ठ डाक्टरको आह्वान

अमेरिकाका एक जना वरिष्ठ डाक्टरले रक्सीका बोतलमा क्यान्सरको चेतावनी राख्न आह्वान गरेका छन् । एउटा नयाँ अनुसन्धानले रक्सीका कारण सात किसिमको क्यान्सर हुने निष्कर्ष निकालेपछि अमेरिकी वरिष्ठ शल्यचिकित्सक जनरल विवेक मूर्तिले चुरोटको बट्टामा जस्तै रक्सीको बोतलमा पनि क्यान्सरको चेतावनी दिन आह्वान गरेको बीबीसीले जनाएको छ ।

अमेरिकामा भएको पछिल्लो अनुसन्धानले रक्सीका कारण घाँटी, कलेजो, अन्ननली, मुख, गला, आन्द्रा र महिलामा स्तन क्यान्सर हुने जोखिम अधिक हुने देखाएको छ । रक्सीकै कारण अमेरिकामा बर्सेनि १० लाख जनामा क्यान्सर देखिने र तीमध्य २० हजार जनाको ज्यान जाने गरेको अध्ययनले देखाएको छ ।

अमेरिकामा सुर्ती र मोटोपनापछि क्यान्सरको तेस्रो कारण रक्सी देखिएको छ । डाक्टर मूर्तिले अमेरिकामा रक्सी र चुरोटसम्बन्धी चेतावनी सन् १९९८ पछि अध्यावधिक नगरिएको भन्दै अब अध्यावधिक गरेर रक्सीको बोतलमा अनिवार्य चेतावनी समेट्न आग्रह गरेका छन् । रक्सीको बोतलमै गर्भवती महिलाले खान अयोग्य भनेर लेख्न समेत उनको माग छ ।

About The Author

अन्य समाचारहरु: