Mon. Jan 6th, 2025

विपन्न चेपाङ समुदायलाई लक्षित गरि ताल्तीमा विशेषज्ञ स्वास्थ्य शिविर

धादिङ । धादिङकाे बेनिघाट राेराङ गाउँपालिका-२ ताल्तीमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेका छ ।

विपन्न चेपाङ समुदायलाई लक्षित गरि लायन्स क्लव अफ काठमाडाैं सुर्यमुखीले निशुल्क स्वास्थ्य शिविर आयाेजना गरेकाे हो ।

शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला रोग, आँखा रोग, मुटु रोग,  मुख तथा दाँत रोग, बाल रोगको सेवाहरु र मनाेसामाजिक परामर्श सेवा उपलब्ध गराएको क्लवका अध्यक्ष कृष्ण ढकाल (शिशिर)ले जानकारी दिए ।

बेनिघाट राेराङ गाउँपालिकाकाे सह आयाेजनामा भएकाे शिविरमा जनस्वास्थ्य कार्यालय धादिङकाे समन्वय र धादिङ अस्पतालकाे प्राविधिक सहयाेग रहेकाे थियाे । धादिङ अस्पतालका निमित्त निर्देशक डा. गगन अधिकारी नेतृत्वकाे विशेषज्ञ चिकित्सक टाेलीले विरामीकाे स्वास्थ्य परीक्षण गरेकाे धादिङ अस्पतालका सूचना अधिकारी पुष्पा अधिकारीले जानकारी दिइन् ।

‘नयाँ काम गरौँ र समाजलाई सहयोग गरौँ’ भन्ने भावनासहित शिविर सञ्चालन गरिएको लायन्स क्लव अफ काठमाडाैंका डिस्टिक गभर्नर विनाेद ढुंगानाले बताए ।स्थानीय विपन्न समुदायको स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै  यस प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने उनको भनाई छ ।

शिविर उद्घाटन कार्यक्रममा बाेल्दै बेनिघाट राेराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले श्राेत साधनकाे कमिका कारण स्थानीय सरकारले नागरिकलाई चाहे जस्ताे स्वास्थ्य सेवा दिन नसकेपनि लायन्स जस्ता संघ/संस्थाकाे सहयाेगमा नियमित सेवा दिईरहेकाे बताए । शिक्षा र नागरिककाे आधारभूत स्वास्थ्य सेवा प्रवाहमा बेनिघाट राेराङ गाउँपालिका सदैव कृयाशिल रहेकाे अध्यक्ष थपलियाले दाबी गरे ।

धादिङ अस्पतालका विशेषज्ञ चिकित्सक सहित २७ जनाकाे प्राविधिक टाेलीले सेवा दिएकाे स्वास्थ्य शिविरमा ४ सय ६० जनाकाे स्वास्थ्य परीक्षण गरिएकाे धादिङ अस्पतालका जनरल फिजिसियन डा. दिनेश रेग्मीले जानकारी दिए । गाउँठाउँमै विशेषज्ञ चिकित्सकसहितको उपचार परामर्श सेवा पाउँदा स्थानीयहरु खुसी भएका छन् ।

About The Author

अन्य समाचारहरु: