भुमेस्थान (धादिङ)– धादिङको भुमेस्थानमा रहेको श्री महाकाली उच्च माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघ प्रारम्भिक कमिटि गठन गरिएको छ ।
वि.पि. विचार प्रचार जिल्ला सदस्य विजय लामा र मिलन लामा तथा नेपाल विद्यार्थी संघ क्षेत्रिय सदस्य सरोज गर्तौलाको रोहबरमा गठन गरिएको ४७ सदस्यीय कमिटिमा अध्यक्षमा विशाल थापा, उपाध्यक्षमा सन्तोष थिङ्, सचिवमा मनोज गर्तौला, र कोषाध्यक्षमा रुपा बास्कोटा चयन हुनुभएको छ ।
नेपाली काँग्रेस भुमेस्थान गाउँ एकाइ कमिटिका सभापति अमृत थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल विद्यार्थी संघ धादिङका पूर्व जिल्ला अध्यक्ष रविसुदन थापाको विशेष आतिथ्यता रहेको थियो ।
सोही कार्यक्रममा स्वास्थ्यकर्मी केन्द्रिय समिति सदस्य रुपक खतिवडा, ट्रेड युनियन काँग्रेस धादिङ् जिल्ला उपाध्यक्ष श्री राजु थापा र नेपाल शिक्षक संघ धादिङका सदस्य नवराज थापाको पनि उपस्थिति रहेको थियो ।