Wed. Jan 1st, 2025

विवादपछि रोकियो अखिल क्रान्तिकारीको मतगणना

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतगणनामा विवाद भएको छ । उमेर हदसम्बन्धी विवाद टुंग्याउन भएको चुनावी परिणाम आउने क्रममा विवाद भएपछि मतगणना नै स्थगित भएको छ ।

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लगाउने या नलगाउने भन्ने निर्णय गर्न शनिबार मतदान भएको थियो । त्यसको परिणाम आउने क्रममा विवाद भएपछि मतगणना स्थगित गरिएको हो ।

केही जिल्लामा विवाद भएपछि गएरातिदेखि मतगणना स्थगित भएको हो । बैतडी, दाङ र गुल्मीमा विवाद भएकाले मतगणना स्थगित भएको बताइएको छ । तर, निर्वाचन समितिले भने निर्वाचनका कागजात प्राप्त हुन बाँकी रहेको दावी गरेको छ ।

उमेर हदका सम्बन्धमा विवाद भएपछि गत १० असोजदेखि आयोजित अखिल क्रान्तिकारीको सम्मेलन नेतृत्व चयन गर्न असफल भएको थियो ।

About The Author

अन्य समाचारहरु: