२६ भदौ, धादिङ –सामुदायिक सेवा केन्द्र धादिङले आज धादिङबेसी बजार क्षेत्रमा सरसफाई गरेको छ । पछिल्लो समय बजारमा मानिसको चापसँगै फोहोरमैला पनि बढेका कारण सरसफाई गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै धादिङको तीनवटै बजारहरु सिरानबजार, बीचबजार र पुछारबजारमा सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा, नेपाली सेना, प्रहरी, सरकारी कार्यलय विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, टोल सुधार समिति तथा स्थानीय बासीहरुको सक्रिय सहभागीता रहेको थियो ।
धादिङबेसीलाई पर्यटकिय स्थलको रुपमा चिनाउन र स्थानीयको स्वास्थ्यको ख्याल गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गरिने सामुदायिक सेवा केन्द्रका अध्यक्ष गोविन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।