धादिङ ।
पार्टी राम्रो भयो भने देश राम्रो हुने र समाज परिवर्तन र विकासका लागि नेपालमा पार्टी बलियो हुनुपर्ने नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले बताएका छन् । नेकपा एमाले धादिङले विभाग र सल्लाहकारहरुको सपथ ग्रहण तथा अभिमूखिकरण कार्यक्रममा शुक्रबार समाज बदल्नका लागि नेकपा एमाले बलियो भयो भनेमात्र सम्भव हुने बताएका हुन् ।
देशमा अहिले नकारात्मक संचार बढी भएकोले यसलाई सकारात्मकतर्फ अघि बढाउन र देशमा गरे धेरै गर्न सकिन्छ भन्ने उदाहरण गाउँमै काफी भएकोले सूचना र शिक्षा नागरिकलाई दिनका लागि लोहनीले आग्रह गरे ।
एमाले बलियो भएकोले चौतर्फी आक्रमण भएको र देशी विदेशी प्रतिक्रियावादीहरुको इशारामा एमालेमाथी आक्रमण भएको लोहनीको भनाइ छ ।
नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले काग कराएर, कुकुर भुकेर हात्ती लम्किन नछाड्ने बताउँदै एमाले हात्ति लम्के जसरी अघि बढेर गन्तब्यमा पुग्ने बताए ।एमालेलाई कमजोर बनाउन सकियो भने समृद्धि पुरा नहुने भएकोले विदेशी ठहर बमोजिम केपि ओली र एमालेमाथीको आक्रमण यहाँको विकासको एजेण्डा रोक्न आक्रमण भएको बताए । एमाले कार्यकर्ता विचल्लीत नहुन आग्रह गर्दै मुलुक मुलुक कमजोर पार्नका लागि एमालेमाथीको आक्रमण बढेको उनको भनाइ छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य रामप्रसाद अधिकारीले पार्टी कार्यकर्ताहरुलाई पार्टी निरन्तरताका लागि आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटाले जनसंगठन र विभागहरुले पार्टी र विकासका लागि काम गर्नुपर्ने बताए ।