काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
आज काठमाण्डौमा कोटेश्वर महोत्सवको उद्घाटन गर्दै मेयर शाहले तीनकुनेको जग्गाको मुआब्जा आफ्नो उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद रहेको बताएका हुन् । उनलेअहिले दुई तिहाइको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने बताए ।
यस्तै मेयर शाहले मुआब्जाका लागि पालिका सरकार र सङ्घ सरकारलाई दबाब दिन जग्गाधनीहरूलाई सुझाव दिए । उनले तीनकुनेको जग्गा सरकारले लुटेर राखेको भन्दै कुनै नेताले प्रक्रिया अघि बढिरहेको भनेमा नपत्याउन आग्रह गरे ।