Mon. Jan 27th, 2025

चीनले नेपालको भैंसी पालनमा १ खर्ब लगानी गर्ने

नेपालको भैंसी पालन उद्योगलाई विस्तार गर्न चीनले १ खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमण क्रममा नेपालबाट भैंसीको प्रशोधित मासु निर्यात गर्ने सम्बन्धमा भएको सम्झौतापछि आज काठमाडौंमा भैंसी पालनलाई उद्योगको रुपमा विस्तार गर्न चिनियाँ लगानीको एमओयु भएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार यो सम्झौतापछि नेपालको भैंसी पालन व्यवसाय ठूलो उद्योगको रुपमा परिणत हुनेछ । यसबाट नेपालको ग्रामीण क्षेत्रका दशौं हजार किसान तथा पशुपालन व्यवसायी लाभान्वित हुने विश्वास लिइएको छ ।

आजको सम्झौतापछि दुबै मुलुकका नागरिकप्रति बधाई तथा अग्रिम शुभकामना व्यक्त गरिएको छ ।

About The Author

अन्य समाचारहरु: