Tue. Dec 17th, 2024

पत्रकार महासंंघ धादिङको अध्यक्षमा सिताराम अधिकारी

धादिङ– नेपाल पत्रकार महासंंघ जिल्ला शाखा धादिङको अध्यक्षमा सिताराम अधिकारी निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा प्रेस सेन्टरका राजन अधिकारीलाई ११ मतान्तरले पराजित गर्दै प्रेस चौतारीका सिताराम अधिकारी निर्वाचित भएका छन् ।

अधिकारीले ४२ मत प्राप्त गरे भने भने उनका प्रत्याशी राजन अधिकारीले ३१ मत ल्याएका हुन्। यस्तै महिला उपाध्यक्षमा प्रेस चौतारीकै सरिता श्रेष्ठ निर्वाचित भएकी हुन् । श्रेष्ठले ४१ मत ल्याए भने भने उनका प्रत्याशी प्रेस सेन्टरकि रविना विकले २९ मत ल्याएका हुन् । यसैगरी कोषाध्यक्षमा प्रेस सेन्टरका बद्री अधिकारीले ३८ मत ल्याउदै निर्वाचित भएका हुन् भने उनका प्रत्याशी समाजवादी प्रेस संगठनका शिवराज आचार्यले ३५ मत प्राप्त भएका हुन्।

यस्तै आदिवासी जनजाति सदस्यमा प्रेस चौतारीका रेख बहादुर गुरुङले ४१ मत ल्याउदै बिजयी भएका हुन् भने उनका प्रत्याशी प्रेस सेन्टरका नीर बहादुर गुरुङले ३२ मत प्राव्त भएका छन् ।

खुल्ला सदस्यमा प्रेस चौतारीका उपेन्द्र अधिकारी ३९ मत (बिजयी), प्रेस सेन्टरका गणेश पाण्डे २६ मत, प्रेस युनियनका पुरूषोत्तम ढुंगाना ५२ मत(बिजयी), प्रेस सेन्टरका भुमीप्रसाद त्रिपाठी २६ मत,प्रेस युनियनका मनिष श्रेष्ठ ६५ मत (बिजयी), प्रेस चौतारीका बिनोद तमु ५९ मत (बिजयी), प्रेस सेन्टरका श्रीकृष्ण रिजाल १३ मत, समाजबादी प्रेस संगठनका सन्दीप प्रसाद घिमिरे ३९ मत बिजयी) र प्रेस सेन्टरका सानुबाबु अर्यालले १२ मत पाएका थिए ।

यस्तै प्रदेश परिषद सदस्यमा प्रेस युनियनका चित्र बहादुर आचार्य ३९ मत (बिजयी), समाजबादी प्रेस संगठनका राजकुमार ढुंगाना ३६ मत (बिजयी), प्रेस सेन्टरका किशोर अधिकारी ३० मत र बिक्रम अधिकारीले ३२ मत पाएका थिए । केन्द्रीय परिषद सदस्य तर्फ प्रेस युनियनकि गोमा थापा ५४ मत (बिजयी) र प्रेस सेन्टरकी सन्तोसी ढुंगानाले ३४ मत पाएका थिए।

जिल्ला कार्यसमितिको ३ पदाधिकारी र ५ सदस्य पदको लागि निर्वाचन भएको हो । यसअघि प्रेस युनियबाट उपाध्यक्षमा मनिष दुवाडी, सचिवमा सन्तोषराज श्रेष्ठ, सहसचिवमा विकास रौनियार, समावेशी सहसचिवमा अस्मिता पोखरेल निर्विरोध निर्वाचित भएका हु् । त्यस्तै महिला सदस्य प्रेस युनियबाट सुशीला विश्वकर्मा, दलित सदस्यमा प्रेस चौतारीका अनिल नेपाली र अल्पसंख्यक सदस्यमा समाजबादी प्रेस संगठनकी सनिता चेपाङ निर्विरोध निर्वाचित भएका थिए । यसैगरी प्रदेश परिषद सदस्यमा प्रेस चौतारीकी लक्ष्मी भुजेल,राजाराम डंगोल र प्रेस युनियनकी लक्ष्मी शाक्य तथा केन्द्रीय परिषद सदस्य तर्फ प्रेस चौतारीबाट केशव अधिकारी निर्विरोध भएका थिए ।

निर्वाचित कार्यसमितिको कार्यकाल आगामी तीन बर्षको हुनेछ । जिल्लामा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले संयुक्त प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए। समाजवादी प्रेस संगठनले प्रेस चौतारीसँग गठबन्धन गरेको थियो भने प्रेस सेन्टर एक्लै चुनावी मैदानमा होमिएको थियो। सदस्यता बिबादका कारण पटक पटक स्थगित हुदैँ आएको पत्रकार महासंघको निर्वाचन हिजो शुक्रबार देशैभर एकैपटक भएको थियो ।

About The Author

अन्य समाचारहरु: