Fri. Jan 31st, 2025

पछिल्लो साता युट्युबमा धेरै हेरिएका यी २० गीत, शीर्षस्थानमा ‘म त ढलें ढलें’

काठमाडौं । पछिल्लो समय भिडियो प्लाटफर्म युट्युबले संगीतलाई प्रवर्द्धन मात्र होइन, त्यसको तथ्यांक पनि राख्न थालेको छ । प्रयोगकर्ताले निश्चित क्षेत्रअनुसार गीत(संगीतको तथ्यांक पनि सजिलै हेर्न पाउनेछन् ।

यसका लागि युट्युब चार्ट्स सबैभन्दा उपयुक्त विकल्प हो । युट्युबले दैनिक र साप्ताहिक रुपमा चार्ट्स अपडेट गर्दै आइरहेको छ । यस्तोमा नोभेम्बर ११ देखि ८ डिसेम्बरसम्मको अपडेटअनुसार शान्तिरानी परियार र खेम सेन्चुरीको गीत ‘म त ढलें ढलें’लाई उक्त अवधिमा धेरै हेरिएको छ ।

उक्त गीत पछिल्लो साता युट्युबमा सबैभन्दा धेरै हेरिने चार्ट्सको शीर्षस्थानमा छ । यो गीतलाई अहिलेसम्म ३ करोड ४४ लाख पटक युट्युबमा हेरिएको छ । नेत्र अर्यालको शब्द, शान्तिरानी परियारको आवाज र खेम सेञ्चुरीको संगीत छ ।

दोस्रो स्थानमा फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ छ । तेस्रो स्थानमा सुशान्त केसीको गीत ‘बार्दली’ छ । चौथोमा बाबुकृष्ण परियारको ‘कश्मीरे पछ्यौरी’ छ । पाँचौंमा स्वर र जोन राईको ‘बादल सरी’ स्ट्रिमिङ भएको छ ।

छैटौंमा एकदेव लिम्बूको ‘झिम्झिमाउने आँखा’, सातौं स्थानमा भारतीय गायक योयो हनी सिंह र प्याराडक्सको गीत ‘पायल’, आठौंमा अनुभव जैनको ‘जो तुम मेरे हो’, नवौंमा पूर्ण राईको ‘स्पर्श संगीत’ र दशौंमा जेमेसीको गीत ‘आम्सटर्डम’ छन् ।

सूचीको ११ औंमा जोन राईको ‘के गरूँ’, १२ औंमा जेमेसीको अर्को गीत ‘रौसी लायो’, १३ औंमा सुनिधि चौहानको गीत ‘सजना भे सजना’, १४ औंमा चन्द जी र कल्पनाको ‘आँचर से बाँधल’, १५ औंमा बलिउड गीत ‘आजके रात’ छन् ।

पछिल्लो साता युवेश थापाको ‘कसरी’लाई पनि धेरैपटक हेरिएको छ जुन १६ औं स्थानमा छ । पूर्ण राईको ‘ड्रिल म्युजिक’ १७ औं स्थानमा, उर्गेन दोङको ‘हबिबी’ १८ औंमा, बेबी मोन्स्टरको ‘ड्रिप’ १९ र खेम सेञ्चुरीको ‘सासु बज्यै’ २० औं स्थानमा छन् ।

About The Author

अन्य समाचारहरु: