Mon. Jan 27th, 2025

आइतबार साँझदेखि यी भेगमा हुनेछ वर्षादेखि हिमपात, चिसो बढ्न सक्ने

काठमाडौं– पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण आउँदो आइतबार साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ । सो प्रणालीको प्रभावका कारण मंसिर २३ गते (आइतबार) साँझ देखि २४ गते (सोमबार) रातिसम्म हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा तथा गण्डकी, वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको जनाएको छ ।

वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले भनेको छ । वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध बताएका छन्।

About The Author

अन्य समाचारहरु: