२५ भदौ, काठमाडौँ – नयाँ संविधान जारी गर्न आजदेखि नै संविधानसभामा मतदानको प्रकृया सुरु हुने भएको छ। प्रक्रिया रोक्न दलभित्रैबाट माग भइरहेका बेला संविधान जारी गर्ने अन्तिम तयारीमा स्वरुप मतदान प्रक्रिया सुरु हुन लागेको हो ।
आन्दोलनकारी दलहरुसँग वार्ताको ढोका खुल्ला राख्दै संविधान निर्माणको मतदानको प्रकृयामा सुरु हुनेछ । भदौभित्रै संविधान जारी गर्न प्रमुख दलहले प्रक्रिया जारी राखेका हुन् । दिउँसो २ बजेबाट मतदान प्रक्रिया सुरु गर्ने तयारी छ । यस सम्बन्धमा आवश्यक तयारी र व्यवस्थापन गर्न सभाध्याक्ष सुवास नेम्वाङले संविधानसभा सचिवालयलाई निर्देशन दिएका छन्।
संविधान सचिवालयले भदौमसान्तभित्रै संविधान जारी गर्नका लागि कार्यसुची तय गरिसकेको छ । संविधानको विधेयकमाथि पचासभन्दा बढी संशोधन पेश गर्ने र सभासद्ले बोल्ने क्रम हिजो नै सकिएको छ । बोल्न नाम लेखाएका कांग्रेस, एमालेका केही सभासदले नाम फिर्ता लिएका थिए ।