
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३० रन बनायो । उसका लागि रवि बोपराले सर्वाधिक ५९ रन बनाए ।
क्याप्टेन कुशल मल्लले २३ र विपिन रावलले ११ रन जोडे । कर्णालीका लागि विपिन शर्माले ३ विकेट लिए । जीसन मक्सुदले २ तथा सोमपाल कामी र नन्दन यादवले समाना १ विकेट लिए ।