चितवन– सहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग दोस्रो दिन बुधबार पनि बयान लिने क्रम जारी छ ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनमा आज बिहान साढे ८ बजेदेखि बयान चलिरहेको कार्यालयका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले जानकारी दिए । सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले पुर्वगृहमन्त्री समेत रहेका रविसँग बयान लिइरहेका हुन् ।
बयान कहिले सकिन्छ भन्ने अहिले नै भन्न नसकिने न्यायाधिवक्ता लुइँटेलले बताए । उनले भने, ‘बयान जारी छ, तर बयान कहिले सकिन्छ भन्न सकिन्न ।’