Sun. Dec 1st, 2024

उपनिर्वाचन: विभिन्न ४१ स्थानमा मतदान जारी

काठमाडौं– स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज देशभरका ४१ रिक्त स्थानमा मतदान भइरहेको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।

आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले बताए । मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनको मतपरिणाम दुई दिनभित्र सार्वजनिक गर्ने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताए ।

आयोगले एउटा मात्रै केन्द्र रहेको वडामा मतदानलगत्तै मतगणना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिकाको १६ नम्बर र कीर्तिपुरका दुई बाहेकका वडाको मतपरिणाम सोही दिन ९राति १२ बजे०सम्म निकाल्ने गरी तयारी गर्न निर्देशन दिइएको थपलियाले बताए ।

उनका अनुसार मतदान भइरहेका स्थानका प्रमुख र उप्रमुखको हकमा १७ गते राति १२ बजेसम्ममा मतपरिणाम सार्वजनिक गर्ने गरी व्यवस्था मिलाइएको छ । प्रमुख वा उप्रमुख र वडाध्यक्षको चुनाव भएका ठाउँमा पहिले वडाको गणना हुनेछ । कीर्तिपुरको नगरपालिका मेयर र वडा नम्बर १ र ४ मा उपनिर्वाचन हुँदै छ । त्यहाँ पहिले वडाको मतगणना हुनेछ ।

About The Author

अन्य समाचारहरु: